2025 March 23, 07:26 PM   Download Brochure (pdf)  
:: Home
:: About NRM-A
:: Bylaws
:: Committee
:: Join
:: In News
:: Contact Us

OUR WORK
:: Delhi Protest 2014
:: NRMA Conference 2012
:: NRMA Conference 2011
:: Letter from Queen
:: NRMA @ UN
:: Black Buddhas Docu
:: Seminar at Harvard
:: Mechi-Mahakali Yatra
:: Leaders Interaction
:: Support Martyrs
:: Visit Madhesh Campaign
:: Proud Madheshi Flyer


ABOUT MADHESH
:: Introduction
:: Reports
:: Articles
:: Books
:: Photos
:: Audio/Videos
:: Links




७ मार्च २०२५

गैरआवासीय मधेसी संघ युएई शाखाको पाँचौं महाधिवेशन सम्पन्न – अध्यक्षमा सद्दाम अन्सारी!

गैरआवासीय मधेसी संघ (NRMA) युएई शाखाको पाँचौं महाधिवेशन ७ मार्च २०२५, शुक्रबारका दिन जुम भर्चुअल माध्यम द्वारा भव्य रूपमा सम्पन्न भएको छ।

UAE 5th National Team Formation Meeting

यस महाधिवेशनले श्री सद्दाम अन्सारी ज्यूको नेतृत्वमा २३ सदस्यीय युएई राष्ट्र समिति सर्वसम्मत रूपमा गठन गरेको छ। महाधिवेशनका प्रमुख अतिथि: जनमत पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष तथा संगठन प्रमुख आदरणीय डा. जयकान्त राउत ज्यू हुनुहुन्थ्यो। विशिष्ट अतिथि: गैरआवासीय मधेसी संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष आदरणीय डा. श्यामबाबु महतो ज्यू हुनुहुन्थ्यो। अतिथिहरूमा अन्तर्राष्ट्रिय कार्यकारिणी समितिबाट वरिष्ठ उपाध्यक्ष ई. धिरज कुमार साह, ई. विजयकुमार यादव, अन्तर्राष्ट्रिय कोषाध्यक्ष श्री बद्री यादव, सहकोषाध्यक्ष श्री सरोज कुमार शाह, मिडिया कोर्डिनेटर श्री कृष्णदेव सुतिहार लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रम उद्घोषक तथा सञ्चालक: महासचिव ई. रामदेव राय जी ले गर्नु भएको थियो।

नवनिर्वाचित युएई राष्ट्रिय समिति (२०२५-२०२६)
पदाधिकारीहरू:
१. अध्यक्ष – श्री सद्दाम अन्सारी (बारा)
२. वरिष्ठ उपाध्यक्ष – श्री शम्भु महरा (सिरहा)
3. उपाध्यक्ष – श्री मनोज कुमार साह (महोत्तरी)
4. उपाध्यक्ष – श्री प्रमोद राम (महोत्तरी)
5. उपाध्यक्ष – श्री शिव दयाल चौधरी (सिरहा)
6. महासचिव – श्री सुशील मण्डल (महोत्तरी)
7. सह-सचिव – श्री महेश्वर साह (महोत्तरी
8. कोषाध्यक्ष – श्री श्याम शाह (धनुषा)
9. सह-कोषाध्यक्ष – श्री प्रमोद साह (रौतहट)
10. मिडिया कोर्डिनेटर – श्री प्रमोद पासवान (सिरहा)

सदस्यहरू:
11. श्री लक्ष्मी साह (महोत्तरी)
12. श्री जितेश चौधरी (महोत्तरी)
13. श्री धर्मेन्द्र साह (धनुषा)
14. श्री उपेन्द्र राउत (सिराहा)
15. श्री रवि पटेल (सिरहा)
16. श्री रविन्द्न दास (पर्सा)
17. श्री रामनारायण यादव (महोत्तरी)
18. श्री सत्यनारायण साह (धनुषा)
19. श्री अवधेश मिश्र (कपिलवस्तु)
20. श्री उदय शाह (महोत्तरी)

सल्लाहकार समिति:
21. वरिष्ठ सल्लाहकार – श्री संजयकुमार कर्ण (सप्तरी)
22. सल्लाहकार – श्री जय नारायण मण्डल (सिरहा)
23. सल्लाहकार – श्री हेमु कर्ण (सप्तरी)

समेत रहेका छन्।

महाधिवेशनका मुख्य घोषणाहरू:
✅ नवगठित नेतृत्वले गैरआवासीय मधेसी समुदायको हक, अधिकार एवं पहिचानको संरक्षणका लागि प्रतिबद्ध भएर काम गर्ने प्रतिज्ञा व्यक्त गरेको छ।
✅ युएई शाखाले NRMA को संरचना विस्तार गर्दै मधेसी समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्ने योजना अघि बढाउनेछ।
✅ संघको भावी कार्ययोजना अन्तर्गत विभिन्न सामाजिक, सांस्कृतिक, आर्थिक तथा कल्याणकारी कार्यक्रमहरू सञ्चालन गरिनेछ।

नवनिर्वाचित नेतृत्वलाई गैरआवासीय मधेसी संघ अन्तर्राष्ट्रिय समिति तर्फबाट हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
डा. श्यामबाबु महतो – अध्यक्ष, अन्तर्राष्ट्रिय समिति
राम सुवन यादव – सचिव, अन्तर्राष्ट्रिय समिति

  • Facebook
  • Twitter
  • Digg
  • Print
  • email


OTHERS:



 

 

 

 

© madhesh.org, 2010