2025 September 12, 03:08 AM   Download Brochure (pdf)  
:: Home
:: About NRM-A
:: Bylaws
:: Committee
:: Join
:: In News
:: Contact Us

OUR WORK
:: Delhi Protest 2014
:: NRMA Conference 2012
:: NRMA Conference 2011
:: Letter from Queen
:: NRMA @ UN
:: Black Buddhas Docu
:: Seminar at Harvard
:: Mechi-Mahakali Yatra
:: Leaders Interaction
:: Support Martyrs
:: Visit Madhesh Campaign
:: Proud Madheshi Flyer


ABOUT MADHESH
:: Introduction
:: Reports
:: Articles
:: Books
:: Photos
:: Audio/Videos
:: Links




२०२५ जुन ८

गैरआवासीय मधेसी संघ कतार शाखाको पाँचौं महाधिवेशन सम्पन्न – अध्यक्षमा जितेन्द्र कुमार यादव!

गैरआवासीय मधेसी संघ (NRMA) कतारको शाखाको पाँचौं महाधिवेशन २०२५ जुन ८ का दिन दोहास्थित फुलबारी रेस्टुरेन्ट सभा हलमा भव्य रूपमा सम्पन्न भएको छ। महाधिवेशनको अध्यक्षता अन्तराष्टिय समितिका महासचिव तथा सम्माननीय व्यक्तित्व ई. रामदेव राईज्यूले गर्नुभएको थियो कार्यक्रमका प्रमुख अतिथि गैरआवासीय मधेसी संघको अन्तर्राष्ट्रिय समितिका बरिष्ठ उपाध्यक्ष ई. विजय कुमार यादवज्यू रहनुभएको थियो।

Qatar Adhiveshan_2025

कार्यक्रम संयोजनको जिम्मेवारी श्री गणेश भगतज्यूले सम्हाल्नु भएको थियो भने सञ्चालन तथा उद्घोषण श्री जयप्रकाश मण्डल र श्री रामकुमार मण्डलज्यूले गरिरहनुभएको थियो। महाधिवेशनको अन्त्यमा श्री जितेन्द्र कुमार यादवज्यूको नेतृत्वमा ३८ सदस्यीय राष्ट्र समितिको गठन गरिएको छ। उक्त कार्यक्रममा विभिन्न क्षेत्रीय समितिका अध्यक्षहरू, पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यस भव्य अवसरमा पूर्व बरिष्ठ नेताहरूको समेत उपस्थिति देखिएको थियो, जसले कार्यक्रममा अझ गरिमा थपेको थियो। साथै, सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो, जसमा प्रवासी सांस्कृतिक जनमत शङ्काका अध्यक्ष श्री आर. पी. शर्माज्यूको नेतृत्वमा प्रस्तुत गरिएको मनोरम प्रस्तुति दर्शकदिर्घामा निकै प्रशंसा पाएको थियो।

कार्यक्रमको अन्त्यमा नवगठित कार्यसमितिका पदाधिकारीहरूको सपथग्रहण कार्यक्रम सम्पन्न गरिएको थियो, जसलाई गैरआवासीय मधेसी संघ अन्तर्राष्ट्रिय समितिका सचिव श्री राम सुवन यादवज्यूले विधिवत् रूपमा सम्पन्न गराउनु भएको थियो। महाधिवेशनको सम्पूर्ण कार्यक्रम शालीनता, मर्यादा र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएकोमा उपस्थित सम्पूर्ण स्वराजी नेता, कार्यकर्ता, सदस्यहरूप्रति हार्दिक धन्यवाद प्रकट गरिएको छ।

ई. प्रमोद कुमार ठाकुर
निवर्तमान इन्चार्ज
गैर आवासीय मधेसी सङ्घ, कतार

नवनिर्वाचित कतारका राष्ट्रिय समिति (२०२५-२०२७)

पदाधिकारीहरू:
१. अध्यक्ष – श्री जितेन्द्र कुमार यादव (धनुषा)
२. सह-अध्यक्ष – श्री राज कुमार मण्डल (सप्तरी)
३. सह-अध्यक्ष – श्री राम बाबु महरा (सिरहा)
४. बरिष्ठ उपाध्यक्ष – श्री बाबु राम थापा मगर (सर्लाही)
५. उपाध्यक्ष – श्री ओम प्रकाश पासवान (नवलपरासी)
६. उपाध्यक्ष – श्री राम अश्रे मालिक डोम (बारा)
७. उपाध्यक्ष – श्री राम दयाल राय (सिरहा)
८. उपाध्यक्ष – श्री राम चन्द्र साह (धनुषा)
९. महासचिव – श्री जय प्रकाश मण्डल (सप्तरी)
१०. सचिव – श्री रामकुमार मण्डल (सिरहा)
११. सचिव – श्री मक्सुदन यादव (सिरहा)
१२. सचिव – श्री शिव कुमार महतो (धनुषा)
१३. कोषाध्यक्ष – श्री प्रमोद कुमार यादव (सिरहा)
१४. सह-कोषाध्यक्ष – श्री श्रीचन कुमार राम (सिरहा)
१५. सह-कोषाध्यक्ष – श्री ललन पण्डित (सिरहा)
१६. सह-कोषाध्यक्ष – श्री राम अधिन यादव (सिरहा)
१७. सह-कोषाध्यक्ष – श्री सुशील कुमार मण्डल (धनुषा)

१८. प्रवक्ता – श्री गणेश भगत (सिरहा)
१९. सह-प्रवक्ता – श्री अशोक कुमार मोची (सिरहा)
२०. मेडिया संयोजक – श्री पप्पु यादव (धनुषा)
२१. सह-मिडिया संयोजक – श्री राम बाबु महरा (सिरहा)
२२. संयोजक – श्री राम जुलुम यादव (सिरहा)
२३. संयोजक – श्री शितल प्रसाद साह (सिरहा)
२४. संयोजक – श्री तिर्थ नारायण साह (सप्तरी)
२५. संयोजक – श्री धर्मेन्द्र कुमार यादव (सिरहा)
२६. संयोजक – श्री राम विलास यादव (सिरहा)
२७. संयोजक – श्री बिनोद कुमार महतो (सिरहा)

सदस्यहरु:
२८. श्री निरोज यादव (सिरहा)
२९. श्री बिल्टु सहनी (धनुषा)
३०. श्री संजित कुमार मण्डल (सिरहा)
३१. श्री प्रदिप कुमार साह (धनुषा)
३२. श्री रंजित कुमार राय (धनुषा)
३३. श्री खेलावन पण्डित कुम्हार (बारा)
३४. श्री बलिराम यादव (सिरहा)
३५. श्री रबिन्द्र कुमार यादव (सिरहा)
३६. श्री राम भगत यादव (सप्तरी)

सल्लाहकारहरु:
३७. बरिष्ठ सल्लाहकार – श्री राम बिलाश भगत (सप्तरी)
३८. सल्लाहकार – श्री हरि नारायण मण्डल (सप्तरी)
३९. सल्लाहकार – श्री राम प्रकाश यादव (धनुषा)

स्थायी समिति:
४१. ई. प्रमोद कुमार ठाकुर (सिरहा)
४२. श्री सरोज कुमार साह (धनुषा)
४३. श्री राम शुवन यादव (सिरहा)
४४. श्री नन्द कुमार ठाकुर (सिरहा)
४५. श्री बद्रि यादव (महोत्तरी)

  • Facebook
  • Twitter
  • Digg
  • Print
  • email


OTHERS:



 

 

 

 

© madhesh.org, 2010