2024 March 19, 03:34 PM   Download Brochure (pdf)  
:: Home
:: About NRM-A
:: Bylaws
:: Committee
:: Join
:: In News
:: Contact Us

OUR WORK
:: Delhi Protest 2014
:: NRMA Conference 2012
:: NRMA Conference 2011
:: Letter from Queen
:: NRMA @ UN
:: Black Buddhas Docu
:: Seminar at Harvard
:: Mechi-Mahakali Yatra
:: Leaders Interaction
:: Support Martyrs
:: Visit Madhesh Campaign
:: Proud Madheshi Flyer


ABOUT MADHESH
:: Introduction
:: Reports
:: Articles
:: Books
:: Photos
:: Audio/Videos
:: Links




shyam_babu_mahato_nrma_president

विश्वभरी छरिएर रहेका मधेशीहरूको छाता संगठन गैर-आवासीय मधेशी संघ (एनआरएमए) अन्तर्राष्ट्रिय समितिको पाचौं महाधिवेशन १६ फेब्रुअरी २०२४ का दिन सम्पन्न भएको छ।

महाधिवेशन कार्यक्रमको अध्यक्षता ई. शम्भुनाथ साह निबर्तमान अन्तर्राष्ट्रीय समिति अध्यक्ष तथा महाधिवेशन संयोजकले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि माननीय डा. चन्द्र कान्त राउत राष्ट्रिय अध्यक्ष जनमत पार्टी एवं गैर-आवासीय मधेशी संघ संस्थापक रहेको थियो। विशिष्ट अतिथि माननीय ई. बसन्त कुशवाहा जनमत पार्टी राष्ट्रिय उपाध्यक्ष एवं पुर्व अन्तर्राष्ट्रीय समिति अध्यक्ष, ई. दीपक कुमार साह जनमत पार्टी राष्ट्रिय उपाध्यक्ष एवं अनुशासन विभाग प्रमुख, अतिथि ई. सुरेन्द्र नारायण यादव जनमत पार्टीको राष्ट्रिय कोषाध्यक्ष थियो।

१६ फरबरी शुक्रवारका दिन सम्पन्न पाचौं महाधिवेशनबाट डा. श्याम बाबु महतोको अध्यक्षतामा ६१ अन्तर्राष्ट्रिय सदस्यीय नयाँ कार्य समिति चयन भएको हो। वरिष्ट उपाध्यक्षमा ई. विजय कुमार यादव, ई. धिरज कुमार साह, डा. रविन्द्र कुमार मण्डल रहेको छ।

त्यसतै उपाध्यक्षमा अधिकारी उपेन्द्र यादव, अनिल कुमार यादव, कपलेश्वर यादव, सदाम अंसारी रहेको छ। महासचिवमा ई. रामदेव राय, सचिवमा ई. प्रियंका कुमारी यादव, कोषाध्यक्षमा ई. बद्री यादव, सह-सचिवमा श्याम सुन्दर साह, प्रवक्तामा सन्तोष कुमार ठाकुर, मिडिया कोर्डिनेटर कृष्ण देव सुतिहार (स्वराजी) रहेको छ।

त्यसतै सदस्यमा प्रमोद ठाकुर, बुधेश्वर महरा, मन्सी खङ, जग नारायण मन्डल, बिसेश्वर शाह, राम सुवन यादव, जितेन्द्र कुमार यादव, राम नन्दन शाह, नन्द कुमार ठाकुर, रामजुलुम शाह तेलि, महेश्वर यादव, रुबि कुमारी शाह, सन्जय कुमार यादव, सरोज कुमार शाह, बिरछ दास तत्मा, मनिक लाल महरा, भिखारी मन्डल, अशोक दास, नन्दकिशोर मन्डल(मोहित), पप्पु कुमार यादव, महेश्वर प्र.यादव, आनन्द कुमार राय, लक्ष्मण महतो, सन्जित कुमार दास, सन्तोष महतो, सफल कामत, रामचरण यादव, सचिन पासमान, उमेश मन्डल, सुरेन्द्र कुमार यादव, रमण प्रसाद यादव, सुनिल कुमार मन्डल, जगदीश राय, राहुल यादव, महेश शाह, इन्द्रजित यादव, सन्तोष कुमार यादव, अमरेश मन्डल, अशोक कुमार पासमान, राजेन्द्र प्रसाद यादव रहेको छ।

सल्लाहकार समितिमा प्रमुख ई. शम्भुनाथ साह, ई. संजय कुमार कर्ण, ई. विरेन्द्र कुमार साह, शिव कुमार पल, ई. अविशेक झा, ओम नारायण मण्डल, सिकेन्द्र यादव रहेको छ।

राष्ट्रिय देखि अन्तर्राष्ट्रिय सम्म मधेशी समुदाय लाई संगठित गर्दै मधेश र मधेशीको हकहितमा काम गर्ने छाता संगठनको रूपमा गैर आवासीय मधेशी संघ (NRMA) अन्तर्राष्ट्रीय समितिको स्थापना ८ सेप्टेम्बर २०१० मा भएको हो।

त्यस्तै एनआरएमएले प्रवासमा रहेको मधेशीहरुलाई एउटा छाता संगठनभित्र एकबद्ध गर्दै हरेक किसिमको सहयोग उपलब्ध गराउदै आई रहेको छ। आर्थिक सहयोगदेखि रोजगार सम्बन्धी समस्या, बिदेशी क़ानूनी समस्या आदिमा समेत संगठनले सहयोग जारी राखेको छ। यसका साथै बिदेशी भूमिमा दुर्घटनामा परेका, जेल परेका, मृत्यु भएका समस्यामा समेत एनआरएमएले समस्या समाधानका लागी सक्रिय पहल गर्दै आएको छ।

गैर-आवासीय मधेसी संघ ४४ वटा देशमा फैलिएको छ भने यस संगठनमा २ लाख भन्दा बढ़ी सदस्य रहेका छन्। युएई मलेसिया, कतार, साउदी अरब, कुवैत, भारत र मध्यपूर्वका देशहरुमा NRMA का सदस्यहरुको बाक्लो उपस्थिति रहेको छ।

बिदेशी भूमिमा पनि गैर आवासीय मधेशी संघ एउटा सशक्त, संगठित र प्रभावकारी संगठनको रूपमा देखिएको छ। संगठनले आगामी दिनहरुमा मधेशमा आमूल सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनका साथ अगाड़ी बढ्दै गरेको अन्तर्राष्ट्रीय समितिको अध्यक्ष डा. श्याम बाबु महतोले बताए।

महाधिवेशन समिति, गैर आवासीय मधेशी संघ
ई. शंभुनाथ साह

गैर-आवासीय मधेशी संघअन्तर्राष्ट्रिय समिति महाधिवेशन २०२३ निर्देशिका

(पहिलो अपडेट: १० डिसेम्बर २०२३, संस्करण: १.०)

 

आइतबार डिसेम्बर १०, २०२३ का दिन अन्तर्राष्ट्रिय कार्यकारिणी समितिको निर्णय अनुसार गैर-आवासीय मधेशी संघ, अन्तर्राष्ट्रिय समितिको पाँचौ महाधिवेशनमा मनोनयन प्रक्रियालाई सहज बनाउने उद्देश्यले यो निर्देशिका जारी गरिएको हो।

गैर-आवासीय मधेशी संघ अन्तर्राष्ट्रिय समितिको महाधिवेशन सम्बन्धी व्यवस्थाहरु

महाधिवेशन

  • महाधिवेशन गैर-आवासीय मधेशी संघको सर्वोच्च निकाय हुनेछ र यसको आयोजना अन्तर्राष्ट्रिय समिति द्वारा सामान्यत: २ (दुई) वर्षमा गरिने छ। तर विशेष परिस्थितिमा बढीमा एक वर्ष सम्म पछि सार्न सकिन्छ।
  • महाधिवेशनको काम, कर्तव्य र अधिकार
  • अन्तर्राष्ट्रिय अध्यक्ष निर्वाचित गर्ने।
  • गैर-आवासीय मधेशी संघको विधानमा आवश्यक संशोधन गर्ने, संशोधित विधान पारित गर्ने।

 

अन्तर्राष्ट्रिय समितिको बैठकबाट पारित महाधिवेशन सम्बन्धी निर्णयहरु

अन्तर्राष्ट्रिय समितिमा आवद्ध हुन र उम्मेदवारी दिनको लागि तलका नियमहरू पालन गर्नुपर्ने छ। अन्तिम  निर्णय महाधिवेशन समितिमा निहित हुनेछ।

  • छनौट हुने पदाधिकारीहरु गैर-आवासीय मधेशी संघको आजीवन सदस्य भएको हुनु पर्ने।
  • वर्ष २०२१, २०२२ र २०२३ जुन सम्मको सहयोग राशी तिरि सकेको हुनुपर्ने, तर ढिलो सदस्यता लिएको हकमा भने सदस्यता लिएको मिति पछिको भुक्तान भएको हुनुपर्ने।
  • उम्मेदवार दस्तुर तल तोके बमोजिम अनिवार्य तिरेको हुनुपर्ने।

अध्यक्ष – रु. १५,०००/-

वरिष्ठ उपाध्यक्ष – रु. १२,०००/-

उपाध्यक्ष – रु. १०,०००/-

महासचिव – रु. ९,०००/-

अन्य कार्यकारिणी पदाधिकारी – रु. ७,०००/-

अन्तर्राष्ट्रिय सदस्य – रु. ३,०००/-

  • उम्मेदवारी दस्तुर फिर्ता हुने छैन।
  • कार्यकारिणी सदस्यको हकमा कम्तीमा पहिला १ कार्यकाल अन्तर्राष्ट्रिय समितिमा काम गरेको हुनुपर्ने या अधिवेशन समितिद्वारा मनोनित भएको हुनुपर्ने।
  • अन्तर्राष्ट्रिय सदस्यको हकमा पहिले १ कार्यकाल कुनै पनि देशको केन्द्रिय समितिमा काम गरेको हुनुपर्ने या अधिवेशन समिति द्वारा मनोनित भएको हुनुपर्ने।
  • सहयोग राशी तथा उम्मेदवार दस्तुर तोकेको अवधि सम्म बुझाइ सक्नु पर्ने, अन्यथा उम्मेदवार मान्य हुने छैन।
  • अन्तर्राष्ट्रिय अधिवेशन समितीलाई आवश्यक परेको खण्डमा गैर-आवासीय मधेशी संघको महाधिवेशन पदाधिकारी छनौटको प्रावधान हेरफेर गर्न सकिने छ।
  • राष्ट्रिय समितिका पदाधिकारी तथा एरिया समितिका पदाधिकारीहरू अन्तर्राष्ट्रिय समितिमा मनोनित हुने छैन।
  • राष्ट्रिय समितिका अध्यक्ष अन्तर्राष्ट्रिय समितिका पदेन् सदस्य हुने छन्।
  • अन्तर्राष्ट्रिय समितिमा छनौट भएका सम्पूर्ण पदाधिकारीहरुले आचार संहिता (Code of Conduct) को पालना गर्नु पर्नेछ।
  • पदाधिकारी छनोटको अन्तिम निर्णय अधिवेशन समिति संग सुरक्षित हुने छन्।
  • अधिवेशन समितिले छनौट गरेका अन्तर्राष्ट्रिय समिति माथि कसैले टिका-टिप्पणी गर्न पाइने छैन।

 

अन्तर्राष्ट्रिय कार्यकारिणीबाट गरिएका निर्णयहरु

  • मनोनयन बाटै गैर-आवासीय मधेशी संघ अन्तर्राष्ट्रिय समिति चयन गर्ने निर्णय गरिएको।
  • महाधिवेशन/मनोनयन समितिको संयोजक अन्तर्राष्ट्रिय समितिका अध्यक्ष ई. शम्भु नाथ साहलाई तोकिएको छ।
  • महाधिवेशन/मनोनयन बाट हालको लागि ५१ सदसीय समिति चयन गर्ने निर्णय गरेको।
  • अन्तर्राष्ट्रिय कार्यकारिणी समितिको संरचना यस प्रकार हुने छ:

अध्यक्ष – १

वरिष्ठ उपाध्यक्ष – १

उपाध्यक्ष – बढीमा ५

महासचिव – १

सचिव – बढीमा ५

कोषाध्यक्ष – १

सह-कोषाध्यक्ष – १

प्रवक्ता – १

मिडिया संयोजक – १

सह-मिडिया संयोजक – १

  • अन्तर्राष्ट्रिय कार्यकारिणी समितिमा बढ़ीमा १८ जना पदाधिकारी रहने छ। रिक्त हुन आएका पदाधिकारीहरू कार्यकारिणी समितिले मनोनयन गर्न सक्ने छन।
  • मनोनयन दर्ता हुन नसकेका वा पद पूर्ति हुन् नसकेका खण्डमा अन्तर्राष्ट्रिय कार्यकारिणी पदाधिकारीहरुको हकमा क्षेत्रीय लैंगिक र सामाजिक विविधता अनुसार सुनिस्चित हुने गरी तथा महिला समेत पर्ने गरी सो पदहरूमा अन्तर्राष्ट्रिय कार्यकारिणी समितिले सदस्य मनोनित गर्ने छ।

 

महाधिवेशन कार्य तालिका

उम्मेदवार मनोनयन दर्ता: ११ डिसेम्बर सोमबार देखि ३१ डिसेम्बर रविवार सम्म

उम्मेदवार नामावली प्रकाशन: ०३ जनवरी २०२४ बुधवार

उम्मेदवार नाम फिर्ता लिने: ०५ जनवरी २०२४ शुक्रवार

उम्मेदवार अन्तिम नामावली प्रकाशन: ०७ जनवरी २०२४ रविवार

केन्द्रिय समितिको प्रकाशन: १२ जनवरी २०२४ शुक्रवार

 

अन्तर्राष्ट्रिय कार्यकारिणी समितिको प्रकाशन जनमत पार्टीको रास्ट्रिय अध्यक्ष/मनोनयन समितिको संयोजक जूम बैठक द्वारा गरिने छ।

 

माथिका मापदण्ड पुरा गरेका योग्य उम्मेदवारहरुले तोकिएको उम्मेदवारी मनोनयन शुल्क पार्टीको आधिकारिक खातामा जम्मा गरी सोको रसीद सहित उम्मेदवारी मनोनयन पत्र (मनोनयन पत्रको फारम अनुसूचीमा दिए बमोजिम) तोकिएको मितिमा

  • nrm.association@gmail.com मा इमेल अथवा
  • +९७७ ९८१२१७३६२४ मा व्हाट्सएप गरी पठाउनु पर्ने छ।

अनलाइनबाट पनि उम्मेदवारी दिन सकिन्छ: अनलाइन बाट उम्मेदवारी दिने लिंक

 

महाधिवेशन समिति

  • ई. शम्भु नाथ साह (वर्तमान अन्तर्राष्ट्रिय अध्यक्ष) – संयोजक
  • ई. संजय कर्ण (वर्तमान अन्तर्राष्ट्रिय उपाध्यक्ष) – सदस्य
  • ई. सन्त साह (वर्तमान अन्तर्राष्ट्रिय कोषध्यक्ष) – सदस्य

 

अनुसूची

  • मनोनयन पत्र

डाउनलोड: उम्मेदवारी दिने मनोनयन पत्र

  • मनोनयन फिर्ता

डाउनलोड: उम्मेदवारी मनोनयन फिर्ता लिने पत्र

NRMA Helpdesk

३० जून २०२३, जोर्डन

जनमत पार्टीलाई विदेशमा पार्टी विस्तार तथा पुनर्गठन कार्यक्रम अन्तर्गत ३० जूनमा गैर-आवासीय मधेशी संघ-जोर्डनको प्रथम महाधिवेशन भव्यताको साथ सम्पन्न भएको छ। श्री बालेश्वर साह ज्युको अध्यक्षतामा २९ सदस्यको समिति गठन भएको छ। नयाँ समितिका सबै पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना !NRMA-Jordan

जनमत पार्टीलाई वडा देखि विदेश सम्म पार्टी विस्तार तथा पुनर्गठन कार्यक्रम अन्तर्गत हिजो २९ जूनमा एकै दिनमा गैर-आवासीय मधेशी संघ-कतारको पाचौँ महाधिवेशन र गैर-आवासीय मधेशी संघ-साउदीको चौथो महाधिवेशन भव्यताको साथ सम्पन्न भएको छ। कतारको अध्यक्षमा ई. प्रमोद ठाकुर र साउदीको अध्यक्षमा बुधेश्वर महरालाई सर्वसहमतले नियुक्ति गरिएको छ। नयाँ समितिका सबै पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना!

Qatar Team Saudi Team

एकै दिनमा गैर-आवासीय मधेशी संघका मुख्य दुई देशमा महाधिवेशन गर्न सफल भएकोमा गैर-आवासीय मधेशी संघ अन्तर्राष्ट्रिय समिति र कतार तथा साउदी समुहले इतिहास रचेका छन्।

“परदेश में मधेशीयों का साथी गैर-आवासीय मधेशी संघ – NRMA” विश्वका करीव ४२ देशमा सक्रिय भई मधेशको हक हितको लागि संघर्ष गर्दै आइरहेका छन्।

RECENT UPDATES:



 

 

 

 

© madhesh.org, 2010